Kakhara सबैको खबर सम्पूर्ण खबर
तारा एयरले उडान थप्यो

नेपालगञ्जबाट रुकुम पश्चिम स्थित सल्ले विमान स्थलमा उडान भर्दै आएको तारा एयरले उडान संख्या थपेको छ । यस अघि बुधबार मात्रै उडान भर्दै आएको तारा एयरले अब हप्ताको तीन दिन उडान भर्ने छ । अब सोमबार, बुधबार र शुक्रबार नेपालगञ्ज–रुकुम पश्चिम, रुकुम पश्चिम–नेपालगञ्ज उडान भर्ने प्रतिक टुर एण्ड ट्राभल्सका रुकुम प्रतिनिधि लालविर बोहराले जानकारी दिनुभयो ।

तारा एयरको विमान उडाउने गरी यही कम्पनीले सम्झौता गरेको छ । यात्रुको चाप बढेपछि उडान थप गरिएको बोहराले बताउनुभयो । प्रति यात्रु ४ हजारका दरले भाडा निर्धारण गरिएको छ । यही मार्फत काठमाण्डौं  जाने र आउने यात्रुलाई पनि आउजको व्यवस्था गरिने जनाइएको छ । तोकिएको बार बाहेक यात्रुको मागका आधारमा अरु बार पनि उडान गर्ने बोहराले जानकारी दिनुभयो ।  
 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update