१५ अर्ब घटी बजेट
यस अघिको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट भन्दा १५ अर्ब घटी बजेट संसदमा पेश भएको छ । अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटमा करिब १५ अर्ब घटाएर बजेट संसदमा बजेट पेश गर्नुभएको छ । अघिल्लो सरकारले ठूलो आकारको बजेट ल्याएको भन्दै त्यसबेला टिप्पणी भएको थियो ।
प्रतिस्थापन विधेयक मार्फत क्रममा शुक्रबार अर्थमन्त्री शर्माले बजेटको स्रोत नपुग्ने भन्दै १४ अर्ब ७४ करोड ६७ लाख घटाएको जानकारी दिनुभयो । यसअघिका अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख रुपैयाँको बजेट ल्याउनुभएको थियो तर हाल अर्थमन्त्री शर्माले आकार घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याउनु भएको हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८ १७:४७
प्रतिक्रिया दिनुहोस्