अनेरास्ववियू (क्रान्तिकारी) रुकुम पश्चिमले जिल्ला सचिवालय सदस्यको टुङ्गो लगाएको छ । २६ औ जिल्ला सम्मेलनबाट नयाँ जिल्ला समिति चयन गरेको संठगनले १७ सदस्यीय जिल्ला सचिवालय बनाएको हो । सचिवालयमा नारायण केसी, विशाल विष्ट, निराजन केसी, समकृति पुन, खेमराज ओली, रामबहादुर विष्ट, भिमदत्त बुढाथोकी, निर्मला बुढाथोकी, किरण विश्वकर्मा, प्रेम पुन, दिपक रावल, संगम नकाल, जनक विश्वकर्मा, यामराज केसी, सपना ओली र सूर्यप्रकाश शर्मा चयन भएका छन् । त्यस्तै संगठनको दोस्रो पूर्ण बैठकले विभिन्न विभाग पनि बनाएको छ ।
विभाग गठन गर्दै विभिन्न व्यक्तिलाई विभागको संयोजक तोकेको हो । जनक विश्वकर्माको संयोजकत्वमा स्वयम सेवक विभाग, गिता हमालको संयोजकत्वमा छात्रा विभाग, कल्पना विश्वकर्माको संयोजकत्वमा साँकृतिक विभाग, दिपक रावलको संयोजकत्वमा खेलकुद विभाग गठन गरिएको छ । त्यस्तै संगम नकालको संयोजकत्वमा अनुसासन विभाग, निर्मल केसीको संयोजकत्वमा प्रचार–प्रशार विभाग र किरण विश्वकर्माको संयोजकत्वमा आर्थिक विभाग गठन गरिएको छ ।
पालिका ईञ्चार्ज तर्फ मुसीकोट नगरपालिकाको इञ्चार्जमा विशाल विष्टलाई चयन गरिएको छ । आठविसकोट नगरपालिकाको इञ्चार्जमा खुमराज ओली, चौरजहारी नगरपालिकाको इञ्चार्जमा निराजन केसी, बाँफिकोट गाउँपालिकाको इञ्चार्जमा किरण विश्वकर्मा, त्रिवेणि गाउँपालिकाको इञ्चार्जमा भिमदत्त बुढाथोकी र सानीभेरी गाउँपालिकाको इञ्चार्जमा संगम नकाल चयन भएका छन् ।
त्यस्तै प्रदेश सम्मेलन र केन्द्रीय सम्मेलनको लागि प्रतिनिधि छनोट गरेको छ । २६ औं जिल्ला सम्मेलन सम्पन्न पछिको दोस्रो बैठकबाट प्रदेश सम्मेलन र केन्द्रीय सम्मेलनका प्रतिनिधि छनोट गरिएको हो । प्रदेश क्षेत्र नं. ‘क’ प्रदेश सम्मेलनको लागि प्रतिनिधिमा जीवन खड्का, नारायण केसी, विशाल बिष्ट, भिमदत्त बुढाथोकी, किरण विश्वकर्मा, प्रेम पुन, समकृति पुन, निर्मला बिसी र सपना ओली छनोट भएका छन् ।
त्यस्तै क्याम्पसबाट प्रदेश सम्मेलनको लागि पनि प्रतिनिधि छनोट गरिएको छ । निराजन केसी शितल क्याम्पस चौरजहारी, निर्मल केसी, जहारी क्याम्पस खोलागाउँ, रामबहादुर बिष्ट सानीभेरी क्याम्पस सानिभेरी, जनक खत्री राडि ज्युला शिक्षा क्याम्पस आठबिसकोट, टेकराज विश्वकर्मा स्यार्पु बहुमुखी क्याम्पस बाँफिकोट, सूर्य प्रकाश शर्मा रुकमेली क्याम्पस मुसिकोट, दिपक रावल सिम्रुतु शिक्षा क्याम्पस त्रिवेणि र रमेश केसी मुसिकोट खलंगा बहुमुखि क्याम्पस मुसिकोटबाट प्रतिनिधिमा छनोट गरिएको छ ।
त्यस्तै केन्द्रिय सम्मेलनको लागि जीवन खड्का नारायण केसी, विशाल बिष्ट, समकृति पुन, किरण विश्वकर्मा छनौट भएका छन् । क्याम्पसबाट रामरामबहादुर बिष्ट, रमेश केसी, निराजन केसी शितल खुमराज ओली राडि ज्युला शिक्षा क्याम्पस, प्रेम पुन र भिमदत्त बुढाथोकी प्रतिनिधिमा छनौट भएका छन् ।