Kakhara सबैको खबर सम्पूर्ण खबर
एमाले रुकुम पूर्वले गठन गर्यो १ सय ५१ सदस्यीय अधिवेशन आयोजक कमिटि

नेकपा एमाले रुकुम पूर्वले १ सय ५१ जिल्ला अविधेशन आयोजक कमिटि गठन गरिएको छ । आइतबार रुकुमकोटमा बसेको जिल्ला कमिटि बैठकले ३६ जनाको सचिवालय गठन गरेको छ । बैठकले जिल्ला सचिव भिउमान घर्ती जिल्ला कमिटि सदस्य मोहन केसी, वसन्त गौतम, टिकाराम उपाध्याय, केशव शाह, कल्याण पुन मगर र भुवनेश्वर उपाध्ययलाई साधारण सदस्य नरहने गरी निलम्बन गरेको छ ।

समाजवादीमा सनाखत गर्ने जनप्रतिनिधिलाई स्पस्टीकरण सोध्ने निर्णय गरेको जिल्ला कमिटि सचिव लिलामिण गौतमले जानकारी दिनुभयो । बैठकले असोज २० गते भित्र पार्टीको संगठित सदस्यता नविकरण गर्ने, असोज ९ गते भित्र वडा र गाउँपालिकाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय निर्माण गर्न जग्गा प्राप्ती गर्ने, विधान अधिवेशनका लागि प्रतिनिधि छनौट गर्ने निर्णय गरेको छ । बैठकमा लुम्बिनी प्रदेशका उपाध्यक्ष खेममान खड्काले जिल्ला कमिटि अध्यक्ष, सचिव र उप सचिवलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको सचिव गौतमले जानकारी दिनुभयो । बैठकले भोली २८ गतेको कार्यकर्ता भेलालाई भव्य र बृहत बनाउने निर्णय समेत गरेको उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update