Kakhara सबैको खबर सम्पूर्ण खबर
विप्लवका जिल्ला स्तरीय नेताको प्रगतिशिल विवाह

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला स्तरीय नेताले प्रगतिशिल विवाह गरेका छन् । पार्टीको जिल्लाको कार्यालय सचिव तथा जिल्ला समिति सदस्य प्रेमप्रशान्त बोहराले प्रगतिशिल विवाह गरेका हुन् । बोहरा र सोही पार्टी जिल्ला समिति सदस्य शोभा डाँगीबीच प्रगतिशिल विवाह सम्पन्न भएको हो ।

अखिल क्रान्तिकारीको २७ औं जिल्ला सम्मेलन स्थलमा बर–बधुले एक अर्कालाई अविर लाएर विवाह गरेका थिए । बर–बधुका अभिभावकको साथमा नेकपा जिल्ला इन्चार्ज डिल्लीराज शर्मा, जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा लगायतको उपस्थितिमा प्रगतिशिल विवाह सम्पन्न भएको हो । जिल्ला सेक्रेटरी बुढाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पार्टीका सचिवालय सदस्य मोतिराम खड्काले गर्नुभएको थियो । 


 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update