Kakhara सबैको खबर सम्पूर्ण खबर
३१ सदस्यीय समिति चयन गर्दै सकियो अखिल क्रान्तिकारीको २७ औं जिल्ला सम्मेलन

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अखिल क्रान्तिकारी रुकुम पश्चिमको २७ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा भएको सम्मेलनले सोम्पाल कामीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

संगठनको उपाध्यक्षमा प्रकाश विक, सचिव धनु ओली, सह सचिव शोभा डाँगी र कोषाध्यक्षमा शेरबहादुर विष्ट चयन भएका छन् । सम्मेलनका लागि केही दिन अघि सोम्पाल कामीको संयोजकत्वमा जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको थियो ।

संयोजक कामीको अध्यक्षता, पार्टीका केन्द्रीय सदस्य विश्वको प्रमुख आतिथ्यता, केन्द्रीय स्कुल विभागका सदस्य गति, पार्टीका जिल्ला सेक्रेटरी चन्द्र, अखिल क्रान्तिकारीका राप्ती व्युरो संयोजक दिपक विष्टको उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा गाउँ तथा नगर समितिका संयोजकहरुले कामकाजि रिर्पोट प्रस्तुत गरेको नवनिर्वाचित सचिव धनु ओलीले जानकारी दिनुभयो ।

सम्मेलनमा २६ औं जिल्ला सम्मेलनपछि संगठनले गरेका गतिविधि, संगठनको इतिहास, आगामी कार्यभार सहितको प्रतिवेदन पेश भएको थियो । संगठनका निवर्तमान अध्यक्ष प्रेमप्रशान्त बोहराले उक्त प्रतिवेदन पेश गर्नुभएको थियो । सम्मेलनबाट निर्वाचित समिति र निर्णयबारे जिल्ला अध्यक्ष कामीले एक विज्ञप्ती जारी गरी सार्वजनिक गर्नुभएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update