Kakhara सबैको खबर सम्पूर्ण खबर
सरकारी खर्च गर्ने बाटो बन्द हुने

प्रतिनिधिसभाले बजेटको प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि आजबाट सरकारी खर्च गर्ने बाटो बन्द हुने भएको छ । अब सरकारले करमात्र उठाउन सक्छ, खर्च गर्न सक्दैन । यसअघि ल्याएको बजेट अध्यादेश संसद्‌ चलेको अवस्थामा ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गर्नुपर्ने प्रावधान छ ।

६० दिनको समय बुधबार सकिँदैछ । बजेटबारे कुनै नहुँदा सार्वजनिक निकाय बन्द गर्नुपर्ने र ‘बजेट होलिडे’ तर्फ मुलुक जाने अवस्था रहेको जानकारहरु बताउँछन् । अमेरिकामा तीन वर्षअघि बजेट पास नभएर मुलुकका सबै सरकारी कार्यालय बन्द गरिएजस्तै यहाँ पनि हुन सक्ने उनिहरुको भनाई छ ।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने कार्यक्रमसहित बजेट पेस गर्दा संसद्‌मा तोकिएकै मितिमा बजेट पास हुन नसकेर सार्वजनिक खर्च गर्न नमिलेपछि ३५ दिन सरकारी कार्यालय बन्द भएका थिए । ‘यही भदौ ३० भित्र बजेट पास नभए नेपालमा पनि हुने त्यस्तै हुन लागेको हो । 

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update