Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनको केन्द्रीय सचिवमा चन्द
केन्द्रीय सचिव चन्द ।

रुकुम पश्चिमका हरि चन्द नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनको केन्द्रीय सचिवमा चयन हुनु भएको छ । लामो समयदेखि निर्माण व्यवसायमा लाग्नु भएका चन्द संगठनको १२ औं साधारण सभा तथा ५ औं अधिवेशनबाट केन्द्रीय सचिवमा चयन हुनु भएको हो ।

चन्द सानै उमेरमा केन्द्रीय सचिव बन्नु भएको छ । चन्द हाल ३४ वर्षको हुनुभयो । अर्थ मन्त्री जनार्दन शर्माले संगठनको अधिवेशनको उद्घाटन गर्नुभएको थियो । काठमाण्डौंमा भएको अधिवेशनबाट केन्द्रीय सदस्यमा रुकुम पश्चिमबाट उपेन्द्र खड्का चयन हुनु भएको छ । रुकुम पूर्वको प्रतिनिधित्व गर्दै नरहरि खड्का केन्द्रीय सदस्यमा चयन हुनु भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update