Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालन 

रुकुम पश्चिममा आजबाट सुपथ मुल्य पसल संचालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुसीकोट नगरपालिका १ सल्लेमा रहेको शाखा कार्यालयमा सुपथ मुल्य पसल संचालन गरेको हो । दशैं, तिहार र छटपर्वलाई लक्षित गरेर जिल्लामा सुपथ मुल्य पसल संचालनमा ल्याईएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पसलबाट चामल मात्र बिक्रि हुने छ ।

अहिले दुई प्रकारको चामल बिक्रि सुरु भएको छ । खाद्यमा स्टक रहेको अरुवा मोटो र अरुवा सोना मन्सुली चामलको बिक्रि सुरु भएको हो । यसअघि बिक्रि भइरहेको मुल्य भन्दा प्रतिक्विन्टल ५ सय सस्तोमा चामल बिक्रि भइरहेको निमित्त शाखा प्रमुख खड्काले बताउनुभयो । घटेको मुल्य अनुसार हाल अरुवा मोटो चामल प्रतिक्विन्टल ४१ सय र अरुवा सोना मन्सुली चामल प्रतिक्विन्टल ४३ सयमा बिक्रि भइरहेको छ ।

हाल ५ सय क्विन्टल चामल स्टक रहेको र सोही चामल बिक्रि भइरहेकामा अरु चामल आएमा उक्त चामलमा पनि प्रतिक्विन्टल ५ सय रुपैंया छुट हुने खड्काको भनाई छ । हिजोसम्म अरुवा मोटो चामल ४६ सय र अरुवा सोना मन्सुली चामल प्रतिक्विन्टल ४८ सयमा बिक्रि भइरहेको थियो । आजबाट सुरु भएको भएको सुपथ मुल्य पसल आगामी कार्तिक २४ गतेसम्म संचालन हुने छ । सार्वजनिक बिदा बाहेक अन्य दिनमा मात्र चामल बिक्रि हुने बताईएको छ ।    
 

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update