घुमन्ते जिवन बिताउदै आएको राउटे समुदायलाई रुकुम (पश्चिम)को मुसीकोट नगरपालिकाले दशैं, तिहार खर्चका लागि आर्थिक सहयोग गरेको छ । सहयोग माग्दै रुकुम पश्चिम पुगेका राउटेहरुलाई नगर प्रमुख देविलाल गौतमले १० हजार रुपयाँ हस्तान्तरण गर्नुभएको हो । राउटे समुदायका नाइके प्रकाश कलेल शाही र उनिसँगै आएका लालबहादुर कलेल शाही र बिर्खबहादुर कलेल शाहीले नगरपालिकामा पुगेर दशैं तथा तिहार खर्च उपलब्ध गराउन अनुरोध गरेका थिए ।
नगरपालिकाले उनिहरुलाई दशैं,तिहार खर्च स्वरुप नगद १० हजार आर्थिक सहयोग गरेको हो । नगर प्रमुख गौतमले राउटेका नाइके प्रकाशलाई उक्त रकम हस्तान्तरण गर्नु भएको छ । घुमन्ते जिवन बिताउदै आएको राउटे अहिले सल्यानको सल्लीवजारमा बस्दै आएको छ । सल्यानबाट सुर्खेत गएको राउटे समुदाय एक महिना नपुग्दै फेरी सल्यान फर्किएको हो ।