संविधान दिवसको अवसरमा रुकुम पश्चिम र पूर्वबाट ९ जनाले विभूषण पाएका छन् । प्रसिद्ध प्रवल जनसेवाश्री देखि समाजसेवा रत्नसम्मको पदक पाउनेहरुको सुचिमा दुई जिल्लाको ९ जनाको नाम छ । विभूषण पाउनेहरु स्वर्गीय समेत रहेका छन् । उनिहरुले मरनोपरान्त विभूषण पाएका हुन् । पूर्व खेलकुद मन्त्री दलजित शिर्पालीले प्रसिद्ध जनसेवाश्री विभूषण पाउनुभएको छ ।
उहाँ रुकुम पूर्वको भूमे गाउँपालिका ७ गुनाम निवासी हुनुहुन्छ । जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले सुप्रवल जनसेवाश्री पदक पाउनुभएको छ । त्यस्तै ५ जनालाई मरनोपरान्त पदक दिने सरकारले निर्णय गरेको छ । मुसीकोट नगरपालिका १० का कामी बुढा, त्रिवेणि गाउँपालिकाका विश्वेश्वर पोख्रेल, चौरजहारी नगरपालिका १४ का यज्ञश्वर शर्मा, त्रिवेणि गाउँपालिका ५ का दौलतराम घर्ती र त्रिवेणि गाउँपालिकाका कुमार बाँठाले मरनोपरान्त विभूषण पाउनुभएको हो ।
बाँठा बाहेक अन्यले प्रवल जनसेवाश्री र बाँठाले समाजसेवा रत्न पदक पाउनुभएको छ । रुकुम पश्चिम मुसीकोट ५ का तोषराज केसी र चौरजहारी ५ का पुष्प वादीले पनि पदक पाउनुभएको छ । केसीलाई जनसेवा श्री र वादीले समाजसेवा रत्न पदकले विभूषित गरिएको छ । संविधान दिवसका दिन ९ सयभन्दा बढीलाई सरकारले विभिन्न मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेको छ ।