हप्तामा तीन दिन नेपालगञ्ज–रुकुम पश्चिम–नेपालगञ्ज उडान भरिरहेको समिट एयरले अव काठमाडौंका लागि पनि उडान भर्ने भएको छ । काठमाडौंका लागि सातामा दुई उडान हुने छ । आईतबार नेपालगञ्ज–रुकुम पश्चिम–काठमाडौं र सोही दिन काठमाडौं–रुकुम पश्चिम–नेपालगञ्ज उडान हुने छ ।
बुधबार पनि सोही अनुसार नेपालगञ्ज–रुकुम पश्चिम–काठमाडौं र सोही दिन काठमाडौं–रुकुम पश्चिम–नेपालगञ्ज उडान हुने जेनिशा टुर एण्ड ट्राभल्सका प्रतिनिधी टोपबहादुर खड्काले जानकारी दिनुभयो । भाडादर पनि तय गरिएका छ । काठमाडौं–रुकुम पश्चिमका लागि ८ हजार ७ सय र रुकुम पश्चिम–काठमाडौंका लागि ८ हजार ६ सय भाडा लाग्ने खड्काले बताउनुभयो ।
यात्रुको मागलाई ध्यानमा राखेर रुकुम पश्चिमबाट काठमाडौंका लागि उडान थप गरेको खड्काको भनाई छ । यसअघि नेपाल एयरलाईन्सले हप्तामा २ दिन रुकुम पश्चिमबाट काठमाडौंका लागि उठान भरिरहेकामा अव समिट एयर पनि थपिएको छ । जेनिशा टुर एण्ड ट्राभल्स संगको सहकार्यमा समिट एयरले रुकुम पश्चिमका लागि नेपालगञ्जबाट ४ हजारमा यसअघि देखि नै उडान गरिरहेको छ ।