Kakhara सबैको खबर सम्पूर्ण खबर
एमाले रुकुम पश्चिमले गठन गर्यो अधिवेशन आयोजक कमिटि

नेकपा एमाले जिल्ला कमिटि रुकुम पश्चिमले २ सय ७५ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटि गठन गरेको छ । जिल्ला सदरमुकाम खलंगा स्थित पार्टी कार्यालयमा दुई दिन बसेको बैठकले जति सक्यो छिटै जिल्ला अधिवेशन गर्ने भन्दै त्यसको तयारीका लागि २ सय ७५ सदस्यीय आठौं जिल्ला अधिवेशन आयोजक कमिटि गठन गरेको हो ।

बैठकले टंकप्रसाद ओलीको संयोजकत्वमा अधिवेशन आयोजक कमिटि गठन गरेको हो । बैठकले ७३ वडामा इन्चार्ज र सह इन्चार्ज तोकेको छ भने १३ वटा विभागका प्रमुख उपप्रमुख तथा १९ वटा फाँटका इन्चार्ज र सह इन्चार्ज तोकेको छ ।

बैठकले असोज ८ देखि १२ गतेसम्म जिल्लाका बसै पालिका स्तरीय भेला, प्रशिक्षण लगायतका कार्यक्रम सक्नेगरी निर्णय गरेको संयोजक ओलीले जानकारी दिनुभयो । तत्कालिन एमाले उपाध्यक्ष ऋषिप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकमा पार्टी केन्द्रीय सदस्य निरज आचार्य, कर्णाली प्रदेश सदस्य तिर्था गौतम लगायतको आतिथ्यता रहेको थियो । 

पार्टी निरन्तरतामा छः आचार्य
जिल्ला कमिटिको बैठकका निर्णय सार्वजनिक गर्नका लागि आयोजित पत्रकार सम्मेलनमा उपस्थित पार्टी केन्द्रीय सदस्य निरज आचार्यले पार्टी निरन्तरतामा रहेको बताउनुभयो । पछिल्लो समय पार्टी निरन्तरतामा नरहेको र अब त्यसलाई निरन्तरता दिने गरी वडा, पालिका कमिटिहरु गठन पुर्नगठनका लागि जिल्लाले महत्वपूर्ण निर्णय गरेको बताउनुभयो । विभिन्न अन्तरविरोध र छलफलपछि पार्टी अब गतिमा अघि बढ्न थालेको भन्दै उहाँले अब पार्टीका हरेक गतिविधि गाउँ र वडा केन्द्रीत हुने बताउनुभयो । 

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update