Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पू ताल जाेड्ने सडक १ महिनापछि खुल्याे
अवरुद्ध सडक खुलाउँदै डोजर ।

एक महिना अघि देखि अवरुद्ध पश्चिमकाे स्यार्पुताल जाेड्ने सडक खुलेको छ । भदौ १० गते बिहान देखि अवरुद्ध भएको सडक असोज ३ गतेबाट सञ्चालनमा आएको हो । बाँफिकोट गाउँपालिका वडा नंम्बर ३ र ४ को सिमानामा ठुलो पहिरो खस्दा सडक अपरुद्ध भएको थियो । यस अघि पटक पटक सडक खुलाउन प्रयास गरिएको भए पनि वर्षाका कारण सडक खुलाउन समस्या भएको थियो ।

भारी वर्षाका कारण सडक माथीबाट पहिरो झरी रहेको हुँदा सडक नियमित सञ्चालमा ल्याउन लामो समय लागेको गाउँपालिका उपाध्यक्ष मनकुमारी पुनले जानकारी दिनुभयो । पछिल्लो समय नियमित वर्षा केहि रोकिएका कारण अवरुद्ध सडक खुलाइएको उहाँले बताउनुभयाे । सडक अवरुद्ध भएका कारण स्यार्पू ताल हेर्न जाने पर्यकलाई समस्या भएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update