Kakhara सबैको खबर सम्पूर्ण खबर
यि हुन माओवादी केन्द्र रुकुम पश्चिमका पालिका अध्यक्ष र सचिव

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिमले पालिका पार्टी समितिलाई पूर्णता दिएको छ । केही दिन अघि सुर्खेतमा बसेको पार्टीको प्रदेश समितिको बैठकले जिल्ला स्थित खाली रहेका पदपुर्ति गरेको हो । जिल्लामा ३ नगर र ३ गाउँपालिका छन् । सबै पालिकाले इन्चार्ज, अध्यक्ष र सचिव पाएका छन् । अपूर्ण रहेका पालिका समितिलाई पार्टीले पूर्ण गरेको हो । स्थानीय तहको पालिका सम्मेलन सम्पन्न गर्ने तथा पार्टीका सम्पूर्ण कामकाजलाई चुस्त, व्यवस्थित बनाउन पार्टीले खाली रहेको पालिकाको खाली रहेको पदमा नयाँ तोकेको हो । 

चौरजहारी नगरपालिका र त्रिवेणि गाउँपालिकामा पूरानै समिति कायम छ भने अन्य पालिकामा हेरफेर गरिएको छ । मुसीकोट नगरपालिकाको अध्यक्षमा जयबहादुर पाण्डे, सचिवमा धिरण सिर्पाली, आठबीसकोट नगरपालिकाको अध्यक्षमा रातो कामी र सचिवमा रवि केसी तोकिनु भएको छ । मुसीकोटको अध्यक्षमा पाण्डे पहिल्यै हुनुहुन्थ्यो भने सिर्पालीलाई पछिल्लो पटक सचिवको जिम्मा दिइएको हो । आठबीसकोटको सचिवमा केसी पहिल्यै हुनुहुन्थ्यो अध्यक्षमा कामीलाई पछिल्लो पटक जिम्मेवारी दिइएको हो ।

बाँफिकोट गाउँपालिकाको अध्यक्षमा धर्मबहादुर केसीलाई तोकिएको छ भने सचिवमा बेगमप्रसाद देवकोटा नै कायम हुनुहुन्छ । बाँफिकोटको अध्यक्षमा केसी पछिल्लो पटक तोकिनु भएको हो । सानीभेरी गाउँपालिकाको अध्यक्षमा भूपालसिङ ओली र सचिवमा टेकबहादुर पुन तोकिनु भएको छ । यहाँ जिम्मेवारी पाउने दुवै जना नयाँ हुनुहुन्छ । चौरजहारीको अध्यक्षमा श्रीकृष्ण शर्मा र सचिवमा विरबहादुर राना, त्रिवेणिको अध्यक्षमा गणेशबहादुर खड्का र सचिवमा सुन्दर ओली पूरानै कायम हुनुहुन्छ । 

नेकपा एमालेसित पार्टी एकता भएका बेला तोकिएका अध्यक्ष र सचिव खाली भएको तथा अरु कारणले रिक्त रहेका पदमा नयाँ मान्छे तोकिएको पार्टीले जनाएको छ । मुसीकोट नगरपालिका सचिव धिरण सिर्पालीले नगर समिति पार्टी सदस्यता वितरण, नविकरणमा लागेको बताउनुभयो । टोल, वडा र पालिका सम्मेलनको तयारीका लागि नगर समिति निरन्तर  जनतासित रहेको सिर्पालीले बताउनुभयो ।  
 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update