Kakhara सबैको खबर सम्पूर्ण खबर
अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश कमिटीमा रूकुम पश्चिमका १३ जना

अखिल क्रान्तिकारी कर्णाली प्रदेश कमिटीमा रुकुम पश्चिमबाट १३ जना परेका छन् । प्रदेश राजधानी विरेन्द्र नगरमा सम्पन्न संगठनको पहिलो सम्मेलनबाट रुकुम पश्चिमका १३ जना प्रदेश कमिटीमा सर्वसम्मत निर्वाचित भएका हुन् । तुल देवकोटा, शुशिल बिष्ट, जीवन खड्का, नारायण केसी, निराजन केसी, बिशाल बिष्ट र खुमराज ओली प्रदेश कमिटीमा पर्दा रामबहादुर बिष्ट, रमेश लामिछाने, जनक बिक, प्रेमबहादुर पुन, निर्मला बुढाथोकी र खड्क केसी पनि प्रदेश सदस्य बन्नुभएको छ । 

असोज ३, ४ र ५ गते भएको सम्मेलनले नेतृत्व भने चयन गर्न सकेन् । अध्यक्षमा तीन जनाको दाबी छ । सुर्खेतका राजेन्द्र बुढा, डोल्पाका योगेन्द्रबहादुर बुढा र जुम्लाकी तृषणा हमालले अध्यक्षमा दाबी नछोडेपछि सहमति हुन नसक्दा सम्मेलनबाट नेतृत्व चयन हुन सकेन । नेतृत्व बिनै ९५ जना सदस्य चयन गर्दै प्रदेश सम्मेलन सकिएको हो । नेतृत्व पहिलो प्रदेश कमिटी बैठकले चयन गर्ने संगठनले जनाएको छ । प्रदेश कमिटी १ सय २१ सदस्यीय हुने छ ।

बाँकी सदस्य पनि पछि मनोनित गरिने अखिल क्रान्तिकारीले जनाएको छ । यसअघि वाईसीएलको राष्ट्रिय सम्मेलन पनि नेतृत्व चयन नगरिकनै सकिएको थियो ।
 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update