Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमबाट भोली देखि मध्यपहाडि लोकमार्ग हुँदै काठमाडौंका लागि बस चल्ने 

रुकुम पश्चिमको सदरमुकाम मुसीकोटबाट मध्यपहाडि लोकमार्ग हुँदै काठमाडौंका लागि बस चल्ने भएको छ । मुसीकोट खलंगाबाट रुकुम पूर्व, बाग्लुङ हुँदै काठमाडौंसम्म बस चल्ने र काठमाडौंबाट पनि सोही रुट हुँदै रुकुम पश्चिमका लागि बस सेवा संचालन भएको छ । सिस्ने हिमाल यातायात प्रालिले भोली देखि जिल्लाबाट पहिलो पटक नियमित रुपमा मध्यपहाडि लोकमार्ग मार्फत काठमाडौंका लागि बस सेवा संचालन गर्न लागेको हो । भोली बिहान ७ बजे मुसीकोट खलंगाबाट काठमाडौंका लागि बस छुट्ने प्रालिका संचालक नागेन्द्र पुनले जानकारी दिनुभयो । 

काठमाडौंबाट रुकुम पश्चिमका लागि भने हिजो नै बस छुटेको उहाँको भनाई छ । अवदेखि नियमित रुममा हरेक दिन बिहान ७ बजे काठमाडौंका लागि बस छुट्ने बताईएको छ । यात्रुहरुको मागलाई ध्यानमा राखेर पहिलो पटक जिल्लाबाट मध्यपहाडि लोकमार्ग हुँदै काठमाडौंका लागि बस सेवा संचालन गर्न लागेको पुनको भनाई छ । रुकुम पूर्वको रुकुमकोटबाट भने यसअघि देखिनै यो रुटमा बस सेवा संचालनमा छ । राप्ती राजमार्गबाट सल्यान, दाङ हुँदै काठमाडौंका लागि बस छुट्ने गरेकामा अव मुसीकोटबाट रुकुम पूर्व, बाग्लुङ, पर्वत, कास्की हुँदै काठमाडौंका लागि पनि बस चल्ने भएका हुन् । रुकुम पश्चिमकाे मुसीकाेटदेखि काठमाण्डाै‌सम्मकाे दुरी ४ सय ७९ किलाेमिटर छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update