Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट ८ मा सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ८ को सामुदायिक स्वास्थ्य ईकाईले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । स्थानीय तह निर्माण भएदेखि भाडाको घरमा संचाननमा रहेको स्वास्थ्य ईकाइले आफ्नै भवनबाट सेवा सुरू गरेकाे वडा नम्बर ८ का अध्यक्ष मनबहादुर केसीले बताउनुभयाे ।

गाउँपालिकाको ३२ लाख ६५ हजार र स्थानीयको जनश्रमदान ४ लाख गरि ३६ लाख ६५ हजारमा भवन निर्माण भएकाे हाे । उपभोक्ता  समिति मार्फत भवन निर्माण गरिएको वडा अध्यक्ष केसीको भनाई छ । सामुदायिक स्वास्थ्य ईकाईमा अहिले १ जना अहेब , १ जना अनमी र १ जना कार्यालय सहयोगी कार्यरत छन् ।

बुधबार गाउपालिका अध्यक्ष धर्मबहादुर केसीले उक्त भवनको रिबन काटेर उद्घाटन गर्नुभएकाे हाे । गाउँपालिकामा अहिले सम्म ३ वडा स्वास्थ्य ईकाई भवन निर्माण भएका छन । वडा नम्बर १ को पालाकोट, वडा नम्बर ३ को दह र वडा नम्बर ८ पानीगैरामा भवन निर्माण गरिएको बाँफिकोट गाउँपालिका स्वास्थ्य सह-संयोजक सुनिल केसीले जानकारि दिनुभयाे ।

यी सबै स्वास्थ्य ईकाई भवन बाँफिकोट गाउँपालिका, कर्णाली प्रदेश र संघीय सरकारबाट निर्माण गरिएका हुन । १ बर्ष लगाएर उक्त भवन निर्माण गरिएका हुन् । ४ वटा कोठा र १ वटा शौचालय सहितका भवन निर्माण भएका हुन् ।

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update