नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी को पोलिटव्युरो सदस्यमा रुकुम पश्चिमबाट शेरबहादुर केसी चयन हुनुभएको छ । पदाधिकारीको टुंगो लगाएको नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटव्युरोमा केसी पर्नुभएको हो ।
नेकपा एमालेमा हुँदा बैकल्पिक केन्द्रीय सदस्य रहुन भएका केसी समाजवादीको केन्द्रीय सदस्य हुनुभएको थियो । त्यसपछिको केन्द्रीय कमिटि बैठकले उहाँलाई पोलिटव्युरो सदस्यमा मनोनित गरेको हो । रुकुम पश्चिमबाट यस पार्टीको केन्द्रीय सदस्यमा ३ जना पर्नुभएको छ ।
ठगेन्द्रप्रकाश पुरी, विमलकुमार पुन र देवी ओली यस पार्टीको केन्द्रीय कमिटिमा पर्नुभएको छ । पार्टीको केन्द्रीय कमिटि बैठकले केन्द्रीय कमिटिको टुंगो लगाएको हो । एक पोलिटव्युरो र ३ केन्द्रीय सदस्य गरी रुकुम पश्चिमबाट नेकपा एसको केन्द्रीय कमिटिमा ४ जना पर्नुभएको छ ।
यस अघि उहाँहरु कर्णाली प्रदेश सदस्य हुनुहुन्थ्यो । पुरी राष्ट्रिय सभा सदस्य समेत हुनुहुन्छ । ओली कर्णाली प्रदेश सभा सदस्य हुनुहुन्छ । पुन नेकपा एमाले हुँदै नेकपा एसको जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । केसी चौरजहारी नगरपालिका १३, पुरी बाँफिकोट गाउँपालिका ५, पुन मुसीकोट नगरपालिका ११ र ओली मुसीकोट नगरपालिका ५ की स्थायी बासिन्दा हुनुहुन्छ ।