रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ९ का दुइ अपांगलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । वडा कार्यालयको पहलमा जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर दुइ व्यक्तिलाई नागरिकता प्रदान गरेको हो । नागरिकता पाउनेमा ३१ वर्षका रेखबहादुर जैसी र २६ वर्षिया मनिषा खत्री रहेको वडाध्यक्ष कविराम खत्रीले जानकारी दिनुभयो । दुवै जना अपांग हुन् । उनिहरु पूर्ण रुपमा अशक्त रहेको र अरुको साहारामा रहेको जिल्ला प्रशासन कार्यालयको भनाई छ ।
वडाको माग अनुसार गाउँमै पुगेर उनिहरुलाई नागरिकता प्रदान गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी प्रमेश शिवाले बताउनुभयो । उनिहरुको अवस्थालाई हेरेर घरमै पुगेको उहाँको भनाई छ । नागरिकताका लागि जिल्ला प्रशासन कार्यालयमा पुग्ने अवस्था नरहेपछि नागरिकताका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको वडा कार्यालयले जनाएको छ । नागरिकता वितरण गर्न सहायक प्रमुख जिल्ला अधिकारी शिवा सहित अध्यक्ष खत्री लगायतकाे टाेली पुगेकाे थियाे ।