Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाली कांग्रेस बाँफिकाेटकाे सभापतिमा जनकुमार बाँठा निर्वाचित

नेपाली कांग्रेस रूकुम पश्चिम बाँफिकाेट गाउँपालिकाकाे सभापतिमा जनककुमार बाँठा (जे.के) निर्वाचित हुनुभएकाे छ । शनिबार भएकाे प्रथम गाउँपालिका अधिवेशनबाट बाँठा सर्वसम्मत सभापतिमा निर्वाचित हुनुभएकाे हाे । गाउँपालिकाका समिति नै सर्वसम्मत भएकाे हाे । 

उपसभापतिमा धिरेन्द्रकुमार शाही र नन्दराम केसी, सचिवमा देवबहादुर कुसारी र पृथीबहादुर गिरी, सह-सचिवमा पूर्ण चन्द र हरिबोल खत्री तथा कोषाध्यक्षमा कर्णसिंह शाही निर्वाचित हुनुभएकाे छ । गाउँपालिका समिति ५५ सदस्यीय रहेकाे छ । नेपाली कांग्रेस रूकुम पश्चिम अन्तरगत शनिबार पालिका अधिवेशन चलिरहेकाे छ ।

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update