आई.एम.ई. लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रूकुम शाखाले अभिकर्ताहरूलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट काम गर्ने अभिकर्ताहरूलाई शनिवार एक कार्यक्रमका बिच सम्मान गरिएको हो । प्रथम बिमा शुल्क संकलनको आधारमा शाखा प्रथम हुन सफल डम्बरविक्रम कार्कीलाई शाखाले सम्मान गरेको छ ।
त्यस्तै द्वितीय हुने सविना पुन मगर, तृतीय हुने शसिराम के.सी लाई पनि सम्मान गरिएको शाखा प्रमुख प्रशान्त महताराले जानकारी दिनुभयो । उहाँका अनुसार बिभिन्न विधाहरूमा उत्कृष्ट काम गर्ने १० अभिकर्ताहरूलाई पनि सम्मान गरिएको छ । आर्थिक वर्ष २०७६र०७७ को तुलनामा २०७७/०७८ मा १५३ प्रतिशत बीमा शुल्कमा वृद्धि भएको शाखा प्रमुख महताराको भनाई छ ।
कार्यक्रममा रूकुम जिल्लाका विभिन्न स्थानीय तहदेखि जाजरकोट, सल्यान र रोल्पासम्मको उपस्थिति रहेको थियो । कार्यक्रममा यमुना पुनको स्वागत मन्तव्य रहेको थियो भने जाजरकोट शाखा प्रमुख हेमराज खडकाको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।