रुकुम पूर्वका सबै पालिकामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । तीन वटै गाउँपालिकामा भएको अधिवेशनले सहमतिबाटै नेतृत्व चयन गरेकाे छ । सिस्ने गाउँपालिकामा पुरानै सभापति मदन बिसी निर्वाचित हुनुभएकाे छ । सिस्नेमा ४७ सदस्यीय समिति चयन गरिएको छ । जसको उप-सभापतिमा बचन झाँक्री र गोबिन्द शाह, सचिवमा हेमन्त खत्री र भक्तबहादुर दमाई, सह-सचिवमा अर्जीत हमाल र प्रेम शाही सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।
यसैगरी भूमे गाउँपालिकामा पनि पुरानै सभापति दिनेश रोकाको अध्यक्षतामा ५२ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको तरुण विभागका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेशका इन्चार्ज नन्दबहादुर बिष्टले जानकारी दिनुभयो । भूमे गाउँपालिकाको उप-सभापतिमा प्रेम पुन र कमला ओली खड्का, सचिवमा शिशिर पुन र विरेन्द्रकुमार घर्ती, सह-सचिवमा राजकुमार बुढा र हरी पुनलाई चयन गरिएको छ ।
उता पुथाउत्तरगंगा गाउँपालिकाको सभापतिमा भने शतस बुढा चयन हुनुभएको बिष्टले बताउनुभयो । उहाँका अनुसार पुथाउत्तरगंगाको उप-सभापतिमा बिरबल रोका र मायापुरा बिक, सचिवमा जुनकुमारी बिक र नरेश पुन, सह-सचिवमा श्याम बुढा र गीता सुनार चयन हुनुभएको छ । पुथाउत्तरगंगामा ७७ सदस्यीय समिति गठन भएकाे छ । कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने र गाउँकार्यसमितिको बैठकले अनुमोदन गर्ने बताइएको छ ।
यस्तै सिस्ने गाउँपालिकामा भने अन्य पार्टी परित्याग गरि ९ जना नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएकाे छ । शान्त र सौहार्दपूर्ण वातावरणमा तीन वटै गाउँपालिकामा अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस रुकुम पूर्वकाे भनाइर् छ।