कला साहित्य संस्कृति संरक्षण मञ्च त्रिवेणि गाउँपालिका रुकुम पश्चिमद्वारा प्रकाशित त्रिवेणि दर्पण साहित्यिक स्मारिका दोश्रो अंक २०७८ लोकार्पन भएको छ । त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोगमा प्रकाशन गरिदै आएको साहित्यिक स्मारिका वडा नम्बर ६ को खारानेटामा एक कार्यक्रमका विच लोकार्पन गरिएको हो । त्यस्तै सोही क्रममा रुकुम साहित्यमालाको ८८ औं श्रंखला को रचना वाचन कार्यक्रम पनि भएको छ ।
कला साहित्य सस्कृति संरक्षन मञ्चका अध्यक्ष नन्दकुमार घर्ती को अध्यक्षतामा संचालित कार्यकरममा जिल्ला समन्वय समितिका सदस्य टेकबहादुर ओलीको प्रमुख आतिथ्यता रहेको थियो भने गाउंपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती मगर र मध्यपश्चिमाञ्चल बिश्वविद्यालय अन्तर्गत मुसीकोट खलंगा बहुमुखी क्यामपसका निवर्तमान क्याम्पस प्रमुख एबं राप्ती साहित्य परिषद् जिल्ला शाखाका सल्लाहकार मुकुन्दप्रसाद शर्माको बिशेष आतिथ्यता रहेको थियो ।
त्रिवेणी दर्पन साहित्यिक स्मारिका दोश्रो अंक २०७८ मा त्रिवेणिका भाषा, साहित्य कला, धार्मिक एबं पर्यटकिय क्षेत्र, चिनारी, गाउँपालिकाका गतिबिधि , बिद्यालय लगायत सरकारी र गैरसराकारी कार्यालय, कर्मचारी बिवरण, तत्कालिन जनयुद्ध तथा सुरुङ युद्धका भग्नावशेष, ३८ बढि साहित्यिक कृतिहरु, ५० बढि फोटो रहेका छन। स्मारिकाको साहित्यकार मुकुन्दप्रसाद शर्माले समिक्षा गर्नुभएको थियो भने सम्पादकीय मन्तब्य मनलाल ओलीले राख्नुभएको थियो।
कार्यक्रममा झन्डै ३तिन दर्जन साहित्यकारहरुले बिभिन्न बिधामा आधारित साहित्यिक लेख रचना वाचन गरेको कला साहित्य सस्कृति संरक्षण मञ्च त्रिवेणिका सचिव कुवेर ओली जानकारी दिनुभयो ।