Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्म फ्लाइट्स पोखराको विद्यार्थीलाई सहयोग
कर्म फ्लाइट्स पोखराले उपलब्ध गराएको न्यानो ज्याकेटका साथमा पुथा हिमालय माविका विद्यार्थी ।

प्याराग्लाइडिङका पाइलटहरुको संस्था कर्म फ्लाइट्स पोखराले यहाँको एक विद्याको विद्यार्थीलाई विभिन्न सामग्री प्रदान गरेको छ । कर्म फ्लाइट्सले पुथाउत्तरगंगा गाउँपालिका १, पुथा हिमालय माविका ३२ जना विद्यार्थीलाई न्यानो जकेट प्रदान गरेको छ । यसैगरी सोही विद्यालयका ५ सय विद्यार्थीका लागि विशेष खालको मास्क, विद्यालयका लागि एउटा भलिबल, एउटा फुटबल र ३ वटा स्केटिङ सहयोग गरेको हो ।

कर्म फ्लाइट्सका फिल्ड म्यानेजर प्रेमबहादुर कुँवरले विद्यालयका प्रध्यानाध्यापक हस्तिमान पुन मगरलाई ति सामग्री हस्तान्तरण गर्नुभएको थियो । सामग्री हस्तान्तरणका लागि कुँवर र राजु दास मैकोट पुग्नुभएको छ । कर्म फ्लाइट्सले यस अघि पनि पटक पटक उक्त विद्यालय र विद्यालयका विद्यार्थीलाई विभिन्न सहयोग गर्दै आएको छ । कर्म फ्लाइट्स फाउन्डेशनले सामाजिक क्षेत्रमा लगानी गर्ने क्रममा पछिल्लो केही वर्षदेखि मैकोटको पुथा हिमालय माविमा पनि सहयोग गरिरहेको स्थानीय समेत रहनुभएका पत्रकार कर्मसही घर्ती मगरले बताउनुभयो । पत्रकार घर्तीले पनि उक्त कार्यक्रमको सहिजकरण गर्दै आउनुभएको छ ।

प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update