Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा पनि प्रधानमन्त्रीको पुत्ला दहन
प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्दै युवा तथा विद्यार्थीहरु ।

रुकुम पश्चिममा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । जिल्ला सदरमुकाम खलंगामा नेकपाका युवा तथा विद्यार्थीहरुले संसद विघटन गर्न सिफारिस गरेको भन्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । त्रिवेणिचौक स्थित जम्मा भएका उनिहरुले पुत्ला दहन गरेका हुन् । संसद विघटन गरिने संवैधानिक कदम भन्दै उनिहरुले यसको सिफारिस गरेर प्रधानमन्त्रीले गम्भिर गल्ति गरेको बताए ।

आइतबारको प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको कदम सच्च्याउनुपर्ने माग युवा विद्यार्थीको छ । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य शैलेश शर्मा, जिल्ला संयोजक जनक विक, अनेरास्ववियूका केन्द्रीय सदस्य सुन्दर शर्मा, जिल्ला संयोजक शुशिल विष्ट लगायतको उपस्थितिमा पुत्ला दहन कार्यक्रम भएको थियो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको छ । प्रतिनिधि सभा विघटन गरेर राष्ट्रपति भण्डारीले आगामी वैशाख १७ मा पहिलो र २७ गते दोस्रो चरणको प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने मिति समेत तोकिएको छ । प्रतिनिधि सभा विघटन गरिएपछि देशैभर प्रधानमन्त्री र राष्ट्रपतिको विरोध भइरहेको छ ।

 

प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update