रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ३ मा एक युवकमाथि खुकुरी प्रहार भएको छ । खुकुरी लागेर खदीका २३ वर्षिय कर्ण बोहरा देवकोटा गम्भिर घाईते हुनुभएको छ । उहाँ माथि सोही ठाउँका युवाहरुको समुहले आज अपराहन्ह ४ बजेतिर खुकुरी हानेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीका अनुसार बोहरा माथि खदीकै १८ वर्षिय महेन्द्र बिक, २४ वर्षिय गोपाल बिक, २१ वर्षिय बिष्णु कामी र २३ वर्षिय कृष्ण बिकले खकुरी हानेका हुन् । खुकरी हान्ने सबै जना फरार रहेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।
बोहराको मुख, चिउडो, निधार, बाँया हत्केलामा गहिरो चोट लागेको छ भने अवस्था गम्भिर रहेको छ । अहिले स्वास्थ्य चौकी खदीमा उपचार भइरहेको छ भने थप उपचारका लागि लैजान हेलिकोप्टर मगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । पुरानो रिसिईविका कारण घटना भएको प्रहरीको भनाई छ ।
खदीमा तलिगाउँ र माथिगाउँका विचमा लामो समय देखि द्धन्द्ध छ । केही समय अगाडि मात्र गोपाल बिक तलिगाउँका युवाहरुबाट कुटिएका थिए । सोही रिसिईबिका कारण घटना भएको बुझिएको प्रहरी निरीक्षक शाहीको भनाई छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उहाँको भनाई छ ।