नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिम–काठमाण्डौं सम्पर्क समिति जिल्ला भेलाबाट आयोजक समिति गठन गरिएको छ । बुधबार काठमाण्डौंमा भएको पार्टीको सम्पर्क समितिको जिल्ला भेलाले सम्मेलन आयोजक समिति गठन गरेको हो । जिल्ला भेलाबाट तिलक परियार संयोजक र एकराज केसी सह संयोजक तोकिएका छन् ।
आयोजक समिति १७ सदस्यीय छ । आयोजक समितिले सम्पर्क समितिको सम्मेलन गर्ने छ । पार्टी केन्द्रले तोकेकै समयमा सम्मेलन गर्ने गरी भेलाले निर्णय गरेको छ । भेलाले काठमाण्डौंमा रहेका पार्टीका सम्पूर्ण सदस्यको सदस्यता नविकरण, नयाँ सदस्यता वितरण लगायतका कामकाज गर्ने छ ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माको प्रमुख उपस्थितिमा भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले पार्टी जनताको समस्या समाधानमा निरन्तर लाग्नुपर्ने बताउनुभयो । जनतासितै लाग्ने पार्टी मात्रै जनताको पार्टी हुने भन्दै उहाँले जहाँ रहेपनि पार्टीका नेता कार्यकर्ताले जनतालाई सहयोग गर्नुपर्ने बताउनुभयो ।