Kakhara सबैको खबर सम्पूर्ण खबर
पूर्ण खोप सुनिश्चित जिल्ला घोषणामा कसले के भने ?

रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरियो । लुम्बिनी प्रदेशका अन्य ११ जिल्ला यस अघि नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन् । १२ औं जिल्लाका रुपमा रुकुम पूर्व बुधबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भयो । उक्त कार्यक्रममा सहभागि भएका विभिन्न व्यक्तिहरुको संक्षिप्त धारणा यहाँ प्रस्तुत गरिएको छ ।

घोषणा र प्रतिबद्धताले मात्रै पुग्दैनः सभामुख घर्ती 

घोषणा कार्यक्रम प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले घोषणा र प्रतिबद्धता जनाएर मात्र जिल्ला पूर्ण खोप सुनिश्चित नहुने बताउनुभयो । घोषणा पछि यसको निरन्तरता र दिगोपनालाई ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो । अहिलेको अवस्थामा लक्ष पुर्याउनकै लागि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नकै लागि कोही बालबालिका नछुटाएर खोप लगाएको तर घोषणापछि यी कुराहरुलाई वेवास्ता गरिए जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको औचित्य नहुने सभामुख घर्तीले बताउनुभयो ।

स्वास्थ्य कार्यालय सहित जिल्ला स्थित सम्पूर्ण सम्बन्धित निकायहरुले पनि अबका दिनमा खोप लगाउनबाट कोही बालबालिकालाई छुटाउन नहुनेमा उहाँको छ । अहिले पूर्ण खोप सुनिश्चित घोषणाको लागि खोजौर खोपांै भन्ने अभियान चलिरहेको छ, यो अभियान खोपमा मात्र नभई अन्य हरेक कुराहरुमा लागु हुन आवश्यक दखिएको सभामुख घर्तीको भनाई छ । उहाँले रुकुम पूर्वमा पूर्ण खोपको कार्यलाई निरन्तरता र दिगोपनाको लागि हर प्रयास गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । 

सबै बालबालिकाले खाेप लाए मात्र सबै नागिरक स्वस्थः ओली 

यसैगरी कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभाका सदस्य तेजबहादुर ओलीले बालबालिकालाई पूर्ण खोप लगाएमा मात्र देशका हरेक नागरिक स्वस्थ हुने बताउनुभएको छ । अहिले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न उत्साहित भएजस्तै यसको दिगोपना र निरन्तरतको लागि पनि सबै सधै उत्साहित हुनुपर्ने उहाँको भनाई छ । भौगोलिक हिसाबले विकट यस जिल्लामा स्रोत साधनले भ्याएसम्म हरेक चुनौतीको सामना गर्दै गुणात्मक रुपले यो अभियानलाई सफल बनाउन लागिपर्ने प्रतिबद्धता प्रदेशसभा सदस्य ओलीले जनाउनुभएको छ । 

खोप अभियानलाई सफल बनाउन सबै लाग्नुपर्छः देवकोटा 

कार्यक्रमकै क्रममा स्वास्थ्य जनसंख्या तथा परिवार कल्यान मन्त्रालय लुम्बिनी प्रदेशका सचिव डाक्टर विकास देवकोटाले खोप अभियानलाई सफल बनाउनको लागि सबै आ–आफ्नो ठाउँबाट सक्रिय भएर लागनुपर्ने बताउनुभयो । उहाँले कोरोना महामारीकै बिचबाट रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सफल भएकोमा बधाई तथा शुभकामना दिदै पछिका दिनमा पनि सो कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ । यसै सन्दर्भमा उहाँले रुकुम पूर्वबासीको स्वास्थ्य सेवा अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले रुकुम पूर्व अस्पतालको स्तरोन्नतीलाई प्राथमिकतामा राखेको समेत बताउनुभयाे । 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update