Kakhara सबैको खबर सम्पूर्ण खबर
एम.एडको परीक्षा दाङमा

स्नातकोत्तर तहको परीक्षा अब दाङमा हुने भएको छ । रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा हुँदै आएको परीक्षा यस पटकदेखि दाङको महेन्द्र बहुमुखी क्याम्पसमा भइरहेको हो । त्रिभुवन विश्वाविद्यालय अन्तर्गतका एम.एड दोस्रो वर्षका आंशिक परीक्षार्थीको परीक्षा दाङमा भइरहेको हो ।

त्यस अघिका सम्पूर्ण परीक्षा मुसिकोट खलंगा बहुमुखी क्याम्पसमै हुने गरेका थिए । यस पटकदेखि एम.एडको परीक्षा दाङमा हुने भएका हुन् । मुसिकोट खलंग बहुमुखी क्याम्पस अब मध्यपश्चिम विश्वविद्यालय मातहत भइसकेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विद्यार्थी पास आउट भएपछि क्याम्पसले मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको मात्रै पढाई र परीक्षा गराउनेछ । 
 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update