खालडाँडामा बनेको टावर सञ्चालन
भूमे गाउँपालिकाको ९ नम्बर वडाको, खालडाँडाबाट नेपाल टेलिकमको जिएसम नमस्तेको फोन सेवा सुचारु भएको छ । यस अघि बनेको टावरबाट आइतबारदेखि सेवा सुरु भएको हो ।
साविक चुनवाङ गाविसको ६ नम्बर वडामा पर्ने खालडाँडामा बनेको टावर सञ्चालनमा आएपछि फोनको पहुँच बढेको छ । यस अघि कतै कतै मात्र फोनको टावरले काम गर्ने गरेकामा अब भने वडाका सबैतिर सहजै फोनले काम गर्ने स्थानीय समेत रहेका लुम्बिनी प्रदेशका सभामुखका स्वकिय सचिव धु्रवविक्रम ओलीले जानकारी दिनुभयो ।
२ वर्ष अघि नै बनेको टावर सञ्चालनमा भने ढिलाई भएको थियो । काम गर्ने जिम्मा लिएका कम्पनीले समयमै काम नगर्दा समस्या भएको ओलीको भनाई छ । टावर सञ्चालनमा आएपछि सर्वसाधारणलाई सम्पर्क गर्न सजिलो गाउँ, जिल्ला तथा जिल्ला बाहिरसम्म सम्पर्क गर्न सहज भएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १७:२५
प्रतिक्रिया दिनुहोस्