Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा आन्तरिक यातायात भाडादर समायोजन (भाडादर सहित)

रुकुम पश्चिममा आन्तरिक रुटमा संचालन हुने सवारी साधनको भाडा समायोजन गरिएको छ । आज वसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले भाडा समायोजन गरेको हो । २०७८ असार २९ गते यातायात व्यवस्था विभागले परिमार्जन गरेको भाडा अनुसार जिल्ला भित्र पनि भाडा समायोजन गरिएको छ । 

जिल्लामा पछिल्लो पटक गत वर्ष माघ ११ गते भाडादर समायोजना गरिएको थियो । इन्धनमा भएको मुल्य बृद्धि र सडक स्तरोन्नतीको आधारमा भाडा समायोजन गरिएको यातायात व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा रहेका सडकलाई ३ वर्गमा विभाजन गर्दै भाडा समायोजन गरिएको हो । ‘क’ बर्गमा संचालित सवारी साधन वसको लागि प्रति किलोमिटर ४ रुपैया ५० पैसा, जिपको लागि ५ रुपैया ५० पैसा भाडा निर्धारण गरिएको जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बद्रीनाग गैह्रेले जानकारी दिनुभयो । 

उहाँका अनुसार ‘ख’ वर्गको सडकमा चल्ने सवारी साधन वसको लागि ७ रुपैया ५० पैसा र जिपको लागि ८ रुपैया ५० पैसा निर्धारण गरिएको छ । ‘ग’ वर्गको सडकमा चल्ले सवारी साधन जिपको लागि ९ रुपैया ५० पैसा भाडा निर्धारण गरिएको छ । ‘ग’ वर्गको सडकमा बसको लागि रुटपरमिट दिईएको छैन । पछिल्लो पटक गत वर्षको माघमा भाडा समायोजना गरिएको भएपनि उक्त भाडादर अहिलेसम्म पनि पूर्ण रुपमा कार्यान्वन हुन सकेको छैन् । अहिले त्यसमा ५० पैंसा मात्र बृद्धि भएको छ । सोही भाडादर कार्यान्वयन नभइरहेको अवस्था र पछिल्लो पटक सरकारले २८ प्रतिशत भाडा बढाएकोले अहिले समायोजन गरिएको भाडादर पनि कार्यान्वयन हुने देखिन्न । 

त्यस्तै बैठकले तोकेको भाडादर काउन्टर र गाडिमा प्रस्ट देखिने गरि राख्ने निर्णय गरेको छ । यातायात व्यवसायीले यात्रुको नाम, ठेगाना, प्रस्ट हुने गरि टिकट काटेर मात्र सवारी साधन संचालन गर्न पाउने छन् । यसका साथै चाडपर्वलाई लक्षित गर्दै मुसीकोटको खलंगा र त्रिबेणि गाउँपालिकाको झुल्नेटामा यात्रु सहायता कक्ष स्थापना गर्ने निर्णय पनि भएको छ । समितिले तोकिएको भन्दा बढी भाडा नलिन र लिएको पाईएमा कारवाही हुने चेतावनी दिएको छ । यात्रुलाई पनि तोकिएको भन्दा बढी भाडा नतिर्न आग्रह गरिएको छ ।  

कुन रूटमा कति भाडा ?

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update