Kakhara सबैको खबर सम्पूर्ण खबर
कांग्रेस रुकुम पूर्वको सभापतिमा रोका
नवनिर्वाचित सभापति राेका ।

नेपाली कांग्रेस रुकुम पूर्वको सभापतिमा केशरमान रोका चयन हुनु भएको छ । रुकुमकोटमा भएको जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा रोकाको सभापतित्वमा ७ पदाधिकारी सहित जिल्ला कार्य समिति चयन गरेको हो । पार्टीको उपसभापतिमा भिमबहादुर खड्का र तेजेन्द्र खाम मगर, सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी चयन भएका छन् । अधिवेशनले धनप्रताप बुढा र खडगबहादुर घर्तीले सहसचिवमा चयन गरेको छ ।

कार्य समितिमा संगिता बुढा मगर, बालकुमारी खड्का घर्ती, रमुना विक, भरत घर्ती मगर, दलु बुढा, हुमलाल जैसी, बाबुराम कँवर,मेखलाल बुढा, बसन्तकुमार बुढा रामबहादुर नेपाली लगायत चयन भएका छन् । २ दिन सम्म चलेको अधिवेशनले सर्वसम्मत जिल्ला कार्य समिति चयन गरेको बताइएको छ ।

सुरुमा सर्वसम्मत भएको थिएन । रोका सहित, नन्दबहादुर विष्ट, भिमबहादुर खड्का लगायतले जिल्ला सभापतिमा दावी गरेका थिए । अन्तमा सरसल्लाहबाटै जिल्ला कार्य समिति चयन गरेको बताइएको छ । रुकुम पूर्व छुट्टै जिल्ला बनेपछि त्यसको सभापति रोका नै तोकिनु भएको थियो । छुट्टै जिल्ला बनेपछिको कांग्रेसको यो पहिलो जिल्ला अधिवेशन हो । 
 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update