लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले केशरमान रोकाको सभापतित्वमा सर्वसम्मत जिल्ला कार्य समिति चयन गरेको छ । अधिवेशनले नै प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि तथा महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । कांग्रेसको महाविधेशनका लागि महाधिवेशन प्रतिनिधिको बढी चर्चा र खोजि हुन्छ । रुकुम पूर्व छुट्टै जिल्ला बनेपछिकाे याे पहिलाे जिल्ला अधिवेशन हाे ।
जिल्लाबाट २५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मच चयन भएका छन् । सुरुमा ३२ जनाले उम्मेदवारी दिएपनि पछि भने सर्वसम्मत २५ जना सर्वसम्मत चयन भएका थिए । नवनिर्वािचत महाधिवेशन प्रतिनिधि नन्दबहादुर विष्टले सबै महाधिवेशन प्रतिनिधि संस्थापन पक्षकै भएकाे दावी गर्नुभयाे । गतिशिल राजनीतिमा याे सम्भव भएकाे भनाई उहाँकाे छ । तर स्राेतका अनुसार १९ जना देउवा र ७ जना पाैडेल पक्षका रहेका छन् । उनिहरुलाई पनि देउवा पक्षमा ल्याउने कसरत भने नेताहरुले जारी राखेका छन् ।
क्र.सं. | नाम | प्रतिनिधित्व |
१ | सरिता विसी | खुला महिला |
२ | कुसुदेवी थापा | खुला महिला |
३ | भावना केसी खड्का | खुला महिला |
४ | मायापुरा विक | खुला महिला |
५ | रास बुढा | खुला |
६ | पञ्चबहादुर बुढा | खुला |
७ | गञ्जसिङ बुढा | खुला |
८ | तिलबहादुर घर्ती | खुला |
९ | नन्दबहादुर विष्ट | खुला |
१० | चक्रबहादुर बुढा | खुला |
११ | सत्यप्रकाश राेका | खुला |
१२ | दुतकुमार पुन ध्रुव | खुला |
१३ | दलबहादुर शाह | खुला |
१४ | हरिशकर घर्ती | खुला |
१५ | कमला मल्ल | खस आर्य महिला |
१६ | धनबहादुर केसी | खस आर्य |
१७ | पूर्णबहादुर मल्ल | खस आर्य |
१८ | जानमाय बुढा मगर | आदिबासी जनजाती महिला |
१९ | खिमकुमारी घर्ती | आदिबासी जनजाती महिला |
२० | नरेश बुढा | आदिबासी जनजाती |
२१ | जितप्रसाद पुन | आदिबासी जनजाती |
२२ | लक्षिराम घर्ती | आदिबासी जनजाती |
२३ | सिर्जना सुनार | दलित महिला |
२४ | कल्याणकुमार विक | दलित |
२५ | प्रकाश केसी | अल्पसख्यक (अपाग) |