Kakhara सबैको खबर सम्पूर्ण खबर
मारिङ बहुद्देश्यीय सहकारीमा नयाँ सञ्चालक समिति
पद तथा गाेपनियताकाे सपथ ग्रहण ।

रुकुम पूर्व भूमे गाउँपालिकाको मारिङ बहुद्देश्यीय सहकारी संस्थाको नयाँ कार्य समिति चयन भएको छ । चौथो साधारणबाट नयाँ सञ्चालक समिति चयन भएको हो । साधारण सभाले ६ नम्बर वडाका देवबहादुर बुढाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको ।

उपाध्यक्षमा ९ नम्बर वडाकी नमिता पुन मगर, सचिवमा १ नम्बर वडाका शिखर विश्वकर्मा र कोषाध्यक्षमा मिना सुनार चयन भएको सहकारीका व्यवस्थापक सन्दिप अधिकारीले जानकारी दिनुभयो । सहकारीको सञ्चालक समिति सदस्यमा लिलाप्रसाद सुनार, फोमली बुढा, मिना बुढा मगर, सुनमाया सुनार, सम्पूर्ण कामी छन् ।

लेखा परीक्षण समितिमा संयोजक मदन बुढा, सदस्यमा कर्णबहादुर बुढा र लायन बुढा छन् । नव निर्वाचित सञ्चालक समितिलाई गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो । निवर्तमान अध्यक्ष धनमान रोकाको अध्यक्षतामा साधारण सभा भएको थियो । 
 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update