रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ९ को सिम्ली वजारबाट ठुलो मात्रामा जाड बनाउने कच्चा पर्दाथ(औषधि) वरामत भएको छ । चाडपर्वलाई लक्षित गर्दै सानीभेरी गाउँपालिकाको बिभिन्न वजार अनुगमण गर्न पुगेको जिल्लाको टालीले सिम्लीमा रहेकाे एउटा पसलबाट ठुलो मात्रामा जाड वनाउन प्रयाेग हुने कच्चा पर्दाथ जफत गरेको हो ।
सिम्लीकाे गोरख स्टोरबाट २३ ओटा स्याउकाे पेटिमा राखेको अवस्थामा जाड वनाउने कच्चा पर्दाथ जफत गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश शिवाले जानकारी दिनुभयो । उक्त स्टोरको गोदाममा अन्य बस्तुको चेकजाच गर्दा ठुलो मात्रामा जाड बनाउने कच्चा पर्दाथ फेला परेको उहाँले बताउनुभयो । यसरी पसलहरुबाट घरेलु मदिरा वनाउन प्रयोग गरिने औषधि बिक्रि गर्न नपाईने सहायक प्रमुख जिल्ला अधिकारी सिवाले बताउनुभयो ।
सिम्लीमा दाङका व्यापारीले उक्त कच्चा पर्दाथ पठाउने गरेको खुलेको छ । एउटै पसलमा यत्ति धेरै जाड बनाउने औषधि फेला परे पछि अन्य पसलहरुमा पनि हनु सक्ने उहाँको भनाई छ । अन्य पसलको गोदाममा जाड वनाउने औषधि फेला नपरेको भए पनि लुकाएर राखेको हुन सक्ने उहाँले बताउनुभयाे ।
बरामत गरिएको जाड बनाउने औषधि गाउँपालिका उपाध्यक्ष ईन्दिरा ओली, सहायक प्रमुख जिल्ला अधिकारी, पत्रकार, प्रहरी र नगर प्रहरीको रोहवरमा नष्ट गरिएको छ । त्यस्तै अनुगमण टोलीले अन्य बिभिन्न अखाद्य पर्दाथ, म्याद गुज्रिएका समान र पेयपर्दाथ जफत गरि नष्ट गरेको छ । चाड पर्व नजिकिएसंगै जिल्लाका विभिन्न ठाउँमा वजार अनुगमण भैरहेको छ । मुसीकोट नगरपालिका, त्रिबेणि गाउँपालिका र सानीभेरी गाउँपालिकाका मुख्य वजारमा अनुगमण भइसकेकाे छ ।