Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा पनि ६६ औं प्रहरी दिवस मनाईयो 
जिल्ला प्रहरी कार्यालयमा रहेको अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे ।

रुकुम पश्चिममा पनि विभिन्न कार्यक्रम गरी ६६ औं प्रहरी दिवस मनाईएको छ । दिवसको अवसरमा आज जिल्ला प्रहरी कार्यालयले एक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रम मार्फत जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारी, अमर प्रहरी परिवार, जग्गादाता, पूर्व प्रहरी कर्मचारी, समाजसेविलाई सम्मान गरेको छ । उत्कृष्ट काम गर्ने विभिन्न दर्जाका १५ जना प्रहरी कर्मचारी नगद सहित सम्मानित भएका छन् ।

१० जना अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । त्यस्तै ३५ जना पूर्व प्रहरी कर्मचारी पनि सम्मानित हुँदा ६ जना जग्गादाता र ७ जना समाजसेवि पनि जिल्ला प्रहरी कार्यालयबाट सम्मानित भएका छन् । प्रहरी दिवसको अवसरमा आयोजित सिनियर र जुनियर ब्याडमिन्टन प्रतियोतिगामा स्थान हाँसिल गर्ने १२ जना प्रहरी खेलाडिलाई मेडलले पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिनुभयो ।

उत्कृष्ट अंक प्राप्त गर्ने अमर परिवारका छोरा चौरजहारी नगरपालिकाका शक्ति गोसाईलाई ५ हजारको छात्रवृत्ति समेत प्रदान गरिएको सूचना अधिकारी शाहीले बताउनुभयो । दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आज बिहान जिल्ला प्रहरी कार्यालय परिषरमा रहेको अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालयले कार्यालय परिषरमा दिवस विशेष औपचारिक कार्यक्रमको आयोजना गरेको थियो । 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update