युवा संगठन नेपाल रुकुम पश्चिमको नयाँ जिल्ला समिति
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठन नेपाल रुकुम पश्चिमको नयाँ जिल्ला समिति चयन भएको छ । जिल्ला सदरमुकाम खलंगामा भएको चौथो जिल्ला सम्मेलनले विवेक विश्वकर्माको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा महेश बस्नेत, सचिव शिव रसाइली, सहसचिवमा रमेश मल्ल, कोषाध्यक्षमा प्रतिभा पौडेल चयन भएका छन् । पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओलीले सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
सम्मेलनको बन्द शत्रले नयाँ जिल्ला समिति चयन गरेको हो । ‘दलाल, संसदीय व्यवस्थाको विरुद्ध एकीकृत जनक्रान्तिको आन्दोलन, जुझारु संगठन निर्माण र वैज्ञानिक समाजवाद प्राप्तीको निम्ती चौथो जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ सम्मेलन सम्पन्न भएको हो ।
प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८ ०८:२८
प्रतिक्रिया दिनुहोस्