रुकुम पूर्व रुकुमकोटमा होटल लेक सिटी सञ्चालनमा आएको छ । सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल र रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले होटलको उद्घाटन गर्नुभएको हो । व्यवसायी सुनिल रोकाले विहीबारदेखि होटल सञ्चालनमा ल्याउनु भएको हो । झण्डै डेढ करोडको लगानीमा तयार भएको यो क्षेत्रकै पहिलो होटल हो । होटलमा जम्मा १८ रुम छन् ।
होटलमा मास्टर रुम, स्वीट रुम, डिलक्स रुम, सेमी डिलक्स रुम छन् । हाइजेनिक खानाको साथमा चाइनिज, इन्डिएन, कन्टिनेन्टल खाना पाइन्छ । विशेष गरी पर्यटकीय प्याकेजमा ध्यान दिइने यसले बताएको छ । यस क्षेत्रमा पर्यटकीय गतिविधि बढाउने र पर्यटकको बसाई व्यवस्थित गराउने उद्देश्य रहेको सञ्चालक रोकाले बताउनुभयो ।
कुन रुमको कति चार्ज ?
होटलका १८ रुम विभिन्न प्रकारका छन् । होटल सञ्चालक रोकाले सकेसम्म हस्पिटालिटीमा ध्यान दिइने बताउनुभयो । यहाँ रहेका १८ मध्य सबैको रुम चार्ज एकै छैन । मास्टर रुममा बस्न चाहनेले प्रति दिन ५ हजार ५ सय, डिलक्स रुमको ३ हजार ५ सय, सेमी डिलक्सको २ हजार ५ सय र नर्मल रुमको १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यसको साथमा होटलमा गार्डेन रेष्टुरेन्ट, जिम हलको पनि सुविधा छ ।