रुकुम पश्चिममा गाडि चालकहरुको आँखा जाँच गरिएको छ । दशैं, तिहार, छट लगायतका चाडपर्वलाई लक्षित गर्दै सवारी दुर्घटना न्युनिकरण उद्ेश्यले ४ पांग्रे सवारी चालकको आँखा जाँच गरिएको हो । नेपाल नेत्र ज्योति संघ आँखा अस्पताल केन्द्र सल्लेको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकको आँखा जाँच कार्यक्रमको आयोजना गरेको हो ।
८० जना चालकको आँखा जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मुसीकोट नगरपालिका वडा नम्बर ४ को सितलपोखरीमा आज बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म आँखा जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।
दिन भरमा ८० जना चालकको आँखा जाँच गरिएकामा ९ जना चालकमा कलर भिजनको समस्या देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार कलर छुट्याउन नसक्ने समस्या भएका ९ जनालाई नजिकको आँखा उपचार केन्द्रमा पुगेर उपचार गराउन सुझाव दिईएको छ । आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनवहादुर केसीले नेतृत्वको टोलीले सवारी चालकको आँखाको जाँच गरेको हो । बस, ट्याक्टर, टिप्पर, ट्रक, जीप लगायतका सवारी साधन चालकको आँखा परीक्षण गरिएको ट्राफिक प्रहरीको भनाई छ ।