- सपना खड्का
आमाको कोख हुँदै काख बाट मेरो जीवन यात्रा सुरु हुँदै गर्दा सबैभन्दा खुशी हुने ब्यक्ति मेरि आमा नै हो । मलाई लाग्छ त्यतिबेला मेरि आमाको मनमा खुशिका भावसंगै केही दुखेसो पनि पक्कै थिए होला किनकि त्यतिबेला मेरि आमाले केहि भोकिसक्नु भएको थियो केहि भोग्दै हुनुहुन्थ्यो छोरी मान्छे हुनुको पिडा । म जन्मनुले मेरो बाबाको पनि त केही रहर इच्छा चाहना मरेका थिए होला किनकी केही चिन्ता र जिम्मेवारी थपिएको थियो।उहाँहरुको रहर सपना इच्छा चाहना सबै म बनेको थिए ।
सानोमा मलाई ताते ताते भन्दै हिड्न सिकाउने, आमा मामा बाबा भन्दै बोल्न सिकाउने मेरि आमाप्रती आज सम्झदा अचम्म लाग्छ मलाई म बिरामी हुँदा त्यो नमिठो औषधि कसरी खुवाउनु भो होला, म रुए होला कराए होला मलाई कसरी सम्झाउनु भो होला जति बेला म न कुनै भाषा बुझ्थे न कुनै संकेत सिक्ने क्रम सिक्दै जादा अरु थपिदै जादो रैछन।म हिड्न बोल्न सिकिसकेको थिए जति बेला थपिदै स्कुलले यात्रा सुरु भयो।म आमाको काख छोड्नुको पीडा मन भरी थुपारेर कापि कलम अनि टिफिनमा आमाले पकाएको खाजा बोकेर स्कुल जान थाले ।
बिस्तारै स्कुलको पठनपाठन संगै साथीहरु थपिन थाले। साथिहरु संग रमाउदै किताबका पाना पल्टाउदै कहिले मेला पात घुम्दै,दु:ख सुखमा रमाउदै छहारी र चौतारीमा सुस्ताउदै गर्दा पत्तै भएन जिवनका पाना पनि पनि पल्टिदै गएको जति बेला स्कुलको जीवन सक्किसकेको रैछ । स्कुलले जीवन पछि म अहिले नर्सिंग पढ्दै छु। हिजो क,ख ए, बी, सी, डी देखि १, २ बाट सिक्न सुरु गरेको म आज बिरामीको उपचार गर्ने सिक्दै छु ।
यो सिक्ने र सिकाउने कुरा कहिले सकिदो रैनछ।बिस्तारै मेरो उमेर बढे संगै म मा पनि केही चिन्ता र जिम्मेवारी थपिएको महसुस गर्न थालेको छु।मेरो लागि धेरै दु:ख गरेका मेरा बा-आमाको अनुहारमा चमक, ओठमा मुस्कान र मनमा शान्ति दिने मेरो सपना पूरा होला कि नहोला आजकाल मनले मनलाई प्रश्न गर्न थालेको छ र उत्तर पनि थरीथरीका दिन्छ।हिजो खान ,हिड्न, बोल्न सिकाउने मेरि आमा बिस्तारै समाजको कुरा सिकाउदै जिवनको भोगाइ र संघर्ष सुनाउने मेरि आमा आचकाल रिसाएको बेला कहिले उत्तर नदिनु, दुखी भएको बेला कहिले कसम नखानु अनि खुशी भएको बेला कहिले मनका कुरा नखोल्नु भनेर सिकाउनु हुन्छ।