Kakhara सबैको खबर सम्पूर्ण खबर
मेला महोत्सव संचालन गर्न नपाईने

रुकुम पश्चिममा मेला महोत्सव लगाउन नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालयले चाडपर्व लक्षित मेला महत्सवमा रोक लगाएको हो । कोभिड–१९ को जोखिम कायमै रहेकाले सतर्कता आवश्यक रहेको भन्दै चाडपर्व मनाउदा भिडभाड नगर्न, सकभर घरमै मनाउन, अनावश्यक रुममा बाहिर ननिस्किन, सभा, जुलुस, महोत्सव नगर्न प्रशासनले भनेको छ । एक सूचना जारी गर्दै प्रशासनले जिल्ला भरमा लाग्ने मेला नलगाउन र महोत्सव नगर्न भएको हो ।

सबै स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयले यसबारेमा आग्रह पनि गरेको छ । चाडपर्वमा मेला, महोत्सव जस्ता मान्छेको भिडभाड हुने खालका खेलकुद लगायतका कार्यक्रम हुने र अर्कोतिर यस्ता कार्यक्रमबाट कोभिड–१९ संक्रमण फैलिन सक्ने भएकाले सतर्क रहनुपर्ने प्रशासनको भनाई छ । भिडभाडजन्य कार्यक्रमबाट झै झगडा कुटपिट लगायतका शान्ति सुरक्षामा खलल पुर्याउने खालका गतिविधिहरु समेत हुनेसक्ने तर्फ सचेत रहन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आग्रह गर्नुभएको छ ।

अत्यावश्यक र प्रचलित धर्म, संस्कृति जगेर्ना गर्नको लागि नगरी नहुने खालका कार्यक्रमहरु भने स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर गर्न पाईने प्रशासनले जनाएको छ । यस्ता खालका कार्यक्रम भएमा संचालनका लागि स्थानीय प्रशासनको स्थानीय प्रशासनको अनुमतिका लागि सिफारिस गरी पठाउन सबै स्थानीय तहलाई आग्रह गरिएको छ । अनुमति बिना त्यस्ता कार्यक्रमहरु गर्न, गराउन नदिन र कारवाहीका लागि सहजिकरण गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै ६ वटै स्थानीय तहहरुलाई आग्रह गरेको छ ।  


 

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update