प्रेस सेन्टर नेपाल रुकुम पूर्वको जिल्ला सम्मेलन आगामी कात्तिक १४ गते हुने भएको छ । आज रुकुमकोटमा बसेको प्रेस सेन्टर नेपाल जिल्ला समितिको बैठकले आगामी कात्तिक १४ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेकाे हाे । कात्तिकको १४ गते जिल्ला सम्मेलन गर्ने निर्णय गर्दै त्यसका लागि यही असोज मसान्त सम्म सदस्यता वितरण तथा नविकरण गरी सक्ने गरी मिति तोकेको छ । बैठकले हालको जिल्ला कार्य समितिलाई नै कायम राखि सर्जना कार्कीको संयोजकत्वमा २१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समितिमा रुपान्तरण गरिएको छ ।
जिल्ला सम्मेलन तयारीका लागि उप समिति पनि गठन गरिएको छ । सर्जना कार्कीको संयोजकत्वमा ४ सदस्यीय प्रतिवेदन लेखन, जयमान बुढा मगरको संयोजकत्वमा ५ सदस्यीय प्रचार/प्रसार एवं अतिथि सत्कार समिति बनाइएकाे छ । यसैगरी जितेन्द्र बुढाथोकीको संयोजकत्वमा ६ सदस्यीय आर्थिक व्यवस्थापन र विक्रम परियारको संयोजकत्वमा ४ सदस्यीय सदस्यता वितरण तथा नवीकरण उप समिति गठन गरिएको सम्मेलन आयाेजक समिति सयाेजक सर्जना कार्कीले जानकारी दिनुभयाे ।