Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाली प्रशिक्षक अलमुताइरीले साफ पछि नेपाली टिम छाड्ने

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि पद त्याग गर्ने भएका छन् ।

बुधबार लिग चरणको अन्तिम खेलपछि पत्रकार सम्मेलनमा बोल्दै अलमुताइरीले नेपालको प्रशिक्षक पद छाड्ने घोषणा गरेका हुन् । उनले एक महिनाअघि नै राजिनामा दिएपनि अब नेपाललाई फाइनल पुर्याएलगत्तै प्रतियोगिता सकिएपछि राजिनामा लागु हुने बताएका हुन् । उनले आफू नेपाल नफर्कने बताएका हुन् ।

अलमुताइरीकै प्रशिक्षणमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरिसकेको छ । बुधबार भएको खेलमा बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै नेपाल फाइनल पुगेको हो ।

प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update