रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ११ मा भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका जीवन भण्डारीको परिवारलाई स्थानीयले सहयोग गरेका छन् । मृतक भण्डारीको परिवारलाई स्थानीय, छर छिमेकी र आफन्तजनले क्रिया खर्च स्वरुप स्वइच्छुक रुपमा १ लाख १८ हजार ३ सय ९५ रुपैंया सहयोग गरेका हुन् ।
हालसम्म मलामी तथा घरमा भात खुवाउन र समवेदना दिन आउने ३ सय ९३ जनाले सहयोग गरेको बताईएको छ । सहयोगीहरु थपिने क्रम जारी रहेको छ । परिवारको मुख्य सदस्य गुमाएको र छोरा, छोरी तथा श्रीमतिलाई क्रिया खर्चको भार नपरोस भनेर आफन्त, छरछिमेकी, इस्ट मित्रहरुले सहयोग गरेका हुन् ।
बिजुली माइलाका नामले बढी चिनिने जीवन भण्डारीको असोज २३ गते राती सानीभेरी गाउँपालिका वडा नम्बर ११ अर्मापाखामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो । सानीभेरी गाउँपालिका वडा नम्बर ९ सिम्ली निवासी भण्डारी सिम्लीमा रहेको राप्ती ज्ञानोदय माविमा कार्यालय सहयोगी हुनुहुन्थ्यो । उहाँका एक छोरी, एक छोरा र श्रीमति छन् ।