- प्रेमबहादुर खत्री (झलक माइला)
पृथ्वीमा बसोबास गर्ने सबै प्राणिहरुलाइ आफ्नो बासस्थान सेरोफेरो वाताबरण स्वच्छ अटल र शुन्दर नै चाहिन्छ । जति फराकिलो वाताबरण भयो त्यति नै प्राणिलाइ हुर्कन बढन सजिलो हुने गर्दछ । सजिब प्राणिहरु सधै जिबन्त रहनको लागि उसलाई आवश्यक पर्ने हावा पानी खानाको प्रभावकारी सन्तुलन मिल्नु पर्दछ । वन जङगल हरियाली भएमा मात्रै जीव जन्तुलाइ कुनै समस्या हुने थिएन । बाक्लो वन जङगल भयो भने पर्यावरणको आकर्षण त बड्छ नै बाढी, पहिरो, भुइचालो जस्ता प्राकृतिक प्रकोपहरुकाे क्षेति पनि कम हुने गर्दछ । बैशाख, जेठमा हुने हरियाली त्यो मनै लोभिने शुन्दरताले सबैको मनलाई आनन्द दिलाउछ । मैना चरीको गुड न्याउलिको आवाज र डाँफे मयुरको बथानले त झनै स्वर्गको आवास गराउदछ । बदेल, न्यावरको लुकामारी गुना बादरहरुको त्यो समूह डालिमा गर्ने लुटिपुटी कति हेरिरहु जस्तो लाग्दछ । हाम्रो प्रकृति साच्चिकै एक स्वर्गको टुक्राको रूपमा परिचित भएको छ ।
हाम्रो प्रकृति हामी मानव जातिको लागि झन अजम्बरी छ । हाम्रो जिबनको जिउने साहरा नै प्रकृतिलाइ प्रमुख कोणबाट नियाल्न सकिन्छ । मानव प्राणी जन्मे देखी मरुन्जेल सम्म प्रत्यक्ष रूपमा ठुलो साहराको भुमिका प्रकृतिले खेल्ने गर्दछ । मानव प्राणी लगायत अन्य प्राणिलाइ अत्यावश्यक पर्ने विभिन्न आबश्यकताहरु प्रकृतिबाटै पुरा हुने गर्दछन । घाँस दाउरा स्याउलाको आपूर्ति पनि हाम्रै प्रकृतिबाटै उपलब्ध हुने गर्दछ । स्वच्छ पिउने पानी, हरिया फलफूल र प्राथमिक उपचारका लागि आवस्यक पर्ने जडिबुटी हामी प्रकृति बाटै प्राप्त गर्दछौं । बनको कन्दमुल विभिन्न रसहरु, चिउरी, तरकारीको रूपमा प्रयोगमा आउने विभिन्न बस्तुहरु हामीले प्रकृतिबाटै प्राप्त गरेका छौ । हाम्रो प्रकृति हामी सजिव प्राणिहरुको लागि मुटु हो । प्राणी बिना प्रकृति र प्रकृति बिना विभिन्न प्राणिहरु अधुरा र अपुरा छन् ।
एउटा शुन्दर प्रकृति विभिन्न हेर्न लायक बस्तु र दृश्यहरुको सङ्गम हो । विभिन्न नदिनाला, तालतलैया, डाँडाकाँडा, हिमाल पर्बत, पाखापखेरा, हिउचुली, छहरा, झरणा जस्ता प्राकृतिक सम्पदाले प्रकृतिलाइ झनै शुन्दरताको खानीको रूपमा चिनाएको छ । शुन्दर प्रकृतिकै कारणले गर्दा धेरै पर्यटकहरुलाइ आकर्षित गराउदछ र देशको आर्थिक बिकासमा पनि टेवा पुर्याएको छ । हाम्रो प्रकृतिले हामीलाई केही कुराको कमि बनाएको छैन । तैपनि हामीले हाम्रो प्रकृतिलाइ सोचे जति माया गर्न सकेका चाहिँ छैनौ । हामीले प्रकृतिको कतै न कतै दुरुपयोग गरिरहेका छौ । बिकास गर्दा होस या हाम्रा ब्यक्तिगत आवस्यकता पूरा गर्दा होस हामिले प्रकृतिको असह्य रूपमा प्रयोग गरिरहेका हुन्छौ ।
बिशेष गरि हामी मानव जातिले गरेको व्यबहारले र कार्यले प्रकृतिलाइ कतै न कतै असर परेको छ । अव्यवस्थित रूपमा गरिने वन फडानी, विभिन्न बस्तु उत्खनन, खेती कार्य र काठपात ओसारपसारले बिस्तारै प्रकृतिको नाश भैरहेको छ । हामीले क्षणिक स्वार्थका लागि गर्ने विविध कार्यले दीर्घकालीन अवस्थामा फराकिलो असर पर्न सक्छ ।प्रकृतिको ह्रासले मानव जाती र अन्य प्राणिलाइ ठुलो असर पर्ने गर्दछ । पानीको मुहान सुक्ने पशुपंक्षी र जिबजन्तुको लोप हुनुको प्रमुख कारणनै प्रकृतिको सन्तुलन नमिल्नाले हो । त्यसैले पृथ्वीका मानिस लगायत सबै प्राणिहरु दीर्घकालसम्म स्वस्थ र जिबन्त रहने हो भने हामीले प्रकृतिलाइ सदैब बचाइ राख्नु पर्छ । हाम्रो प्रकृति सबैको साझा भएकाले प्रकृतिको संरक्षण र सम्बर्द्धन गर्नमा सबैको सक्रिय सहभागिता हुन जरुरी छ । प्रकृति छ अनि हामी छौ प्रकृति छैन त हाम्रो अस्तित्व पनि छैन । हाम्रो प्रकृति हाम्रो जिउने साहारा । बाँचिन्छ प्रकृति सङ्गै, मरिन्छ त प्रकृतिको काखैमा ।
जय प्रकृति, जय मातृभुमी..............
प्रेमबहादुर खत्री (झलक माइला)
सिस्ने गाउँपालिका ३ रुकुम पूर्ब।