वरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतमको निधन
वरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतमको निधन भएको छ । रुकुम पश्चिम मुसीकोट नगरपालिका १ खलंगा निवासी गौतमको ६६ वर्षको उमेरमा ह्दयघातका कारण काठमाडौंमा गयराति निधन भएको हो । उहाँको काठमाडौंमा रहेको घरमै निधन भएको परिवारजनले बताएका छन् । शौचालय गएका गौतम एक्कासी कराएपछि परिवाका सदस्यले हेर्दा उहाँ अचेत अवस्थामा फेला पर्नुभएको थियो ।
लगत्तै अस्पताल पुर्याउदा डाक्टरहरुले पहिलेनै मृत्यु भएको घोषणा गरेको बताईएको छ । उहाँमा लामो समय देखि प्रेसर र सुगर थियो । उहाँको गयराती नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । उहाँ रुकुम पश्चिममा नागरिक अगुवाका रुपमा चिनिनुहुन्थ्यो । लामो समय देखि अधिवक्ताका रुपमा काम गर्नुभएका गौतम केही वर्ष अघि वरिष्ठ अधिवक्ता बन्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज २९, २०७८ ०८:१९
प्रतिक्रिया दिनुहोस्