Kakhara सबैको खबर सम्पूर्ण खबर
जाजरकोटमा रुखबाट लडेर एक पुरुषको मृत्यु 

जाजरकोटको जुनिचाँदे गाउँपालिकामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । वडा नम्बर १ छानाका ४७ वर्षिय रामबहादुर कार्कीको घाँस काट्ने क्रममा बाँजको रुखबाट लडेर मृत्यु भएको हो । मंगलबार दिउशो घाँस काट्न घर नजिकैको बाँजको रुखमा चढेका कार्की रुखबाट खस्नु भएको थियो । रुखबाट खसेर गम्भिर घाईते भएका उहाँको घरमा मृत्यु भएको हो । 

नजिकै रहेको स्वास्थ्य संस्थाबाट डाक्टर बोलाएर घरमै उपचार गर्ने क्रममा कार्कीको मृत्यु भएको स्थानीय कर्णबहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीको टाउको गहिरो चोट लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार दिनभरी पानी परेको र पानी रोकिएपछि अपरान्हपख कार्की घाँस काट्न रुख चढ्नुभएको थियो ।  
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update