Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुमकोटको छिप्रिदहमा पुर्णिमा मेला

गत वर्ष कोरोनाको कारण नलागेका मेला तथा जात्रा यो वर्ष भने लाग्न थालेका छन् । विभिन्न ठाउँमा कोजाग्रत पुर्णिमामा लाग्दै आएका मेला यो वर्ष लागेका हुन् । रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ को छिप्रिदहमा कोजाग्रत पुर्णिमामा लाग्दै आएको मेला यो वर्ष लागेको छ । हिजोबाट सुरु भएको मेला आज सकिएको हो । गत वर्ष कोरोनाको कारण उक्त मेला लाग्न सकेको थिएन ।

मेला भर्नको लागि रुकुमकोटमा बिभिन्न ठाउँबाट मानिस पुगेका थिए । साथै स्थानीय झाँकीहरु पनि मेलामा प्रस्तुत गरिएको छ । रुकुमकोटमा मेला लागे संगै यो वर्ष जिल्लामा अन्य मेला पनि लाग्ने देखिएको छ । चाडपर्व र मेला जात्राका कारण गाउँमा रौनकता छाएको छ । विभिन्न खेलकुद प्रतियोगिता हुनुका साथै गत वर्ष कोरोनाको कारण लाग्न नसकेका मेला यो वर्ष भने लाग्न सुरु गरेका हुन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update