Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा निःशुल्क आँखा परीक्षण घुम्ती शिविर जारी

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जारी आखा परीक्षण घुम्ती शिबिर मार्फत ४ सय ७४ जनाले आँखा परीक्षण गराएका छन् । ४ सय ७४ जनाले आँखा परीक्षण गराएकामा १ सय ५३ जनामा मोतिया बिन्दुको समस्या देखिएको छ । सोमबार वडा नम्बर १४ को वडा कार्यालयबाट सुरु भएको आँखा परीक्षण शिविर ६ गते वडा नम्बर २ को आधारभुत स्वास्थ्य सेवा केन्द्रमा पुगेर सम्पन्न हुने छ । सोमबार नुवाकोटमा भएको शिविरमा ७८ जनाले आँखा परीक्षण गराएकामा १२ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो । 

त्यस्तै मंगलबार वडा नम्बर १२ को आधारभुत स्वास्थ्य सेवा केन्द्र जुम्लीपोखरीमा भएको शिविरमा १ सय १४ जनाको आँखा चेकजाँच गरिएको छ । जहाँ १४ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो । बुधबार वडा नम्बर १० को सहिद स्मृति नगर अस्पताल चिन्नेवगरमा भएको शिबिरमा १ सय २६ जनामा गरिएको आँखा जाँचमा ४४ जनामा मोतियाबिन्दुको समस्या देखिएको बताईएको छ । आज प्राथामिक स्वास्थ्य केन्द्र कोटजहारीमा शिबिर चलेको छ ।

१ सय ५६ जनाको आँखा परीक्षण गरिएकोका छन् । ५३ जनामा मोतियोबिन्दुको समस्या देखिएको छ । भोली विजयश्वरी स्वास्थ्य चौकीमा र ६ गते वडा नम्बर २ को आधारभुत स्वास्थ्य सेवा केन्द्रमा शिबिर हुने छ । शिबिर संचालन पछि आँखामा मोतियाबिन्दुको समस्या देखिएका बिरामिहरुको लागि ८ र ९ गते वडा नम्बर २ को आधारभुत स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क उपचार शिबिर संचालन हुने आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो ।

शिविरमा आँखा उपचार केन्द्रका प्रमुख केसी लगायतको टोलीले सेवा दिईरहेको छ । नगरपालिकाको आयोजना, ग्लोबल मेडिकल फाउन्डेसन अस्टे«लियाको आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पताल तथा आँखा उपचार केन्द्र सल्लेको प्राविधिक सहयोगमा घुम्ती शिबिर भैरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update